कात्तिक ४ – इन्डोनेशियामा यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंसक बनाइने भएको छ । इन्डोनेशिया सरकारले बालबालिकाको यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंसक बनाउने सम्बन्धी कानुन ल्याएको हो ।
नयाँ कानुन अनुसार बालबालिकाको यौन शोषणमा संलग्न व्यक्तिलाई रसायनिक तरिकाबाट भविष्यमा यौन सम्पर्क गर्न नसक्ने बनाइने छ । रसायनिक बन्ध्याकरणलाई नियमित रुपले लागु गर्न सकियो भने यौन हिंसालाई पूर्ण रुपले रोक्न सकिने राष्ट्रपति विडोडोको भनाई छ ।