दाङ, ४ कार्तिक । घरमा श्रीमती र दुई छोरा हुदा हुदै कान्छी श्रीमती बिबहा गरेको भन्दै प्रहरीले कान्छी श्रीमती सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
उनीहरुलाई जेठी श्रीमती बालिका जिसीले बहुविवहा शिर्षकमा दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । अहिले उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिउको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।