संविधान निर्माणको वेला तीन दलले जुन सहमति गरेका छन् त्यो सहमति भन्दा वाहिर गएर संविधान संशोधन हुन सक्दैन, सरकारले विना एजेण्डा संविधान संशोधनको कुरा गरेर संविधान कार्यन्वयनमा विवादास्पद कार्य गरिरहेको छ ।’ नेता कँडेलले भने । संविधान संसोधनको विषयमा प्रमुख प्रतिपक्षसंग सरकारले कुनै छलफल गर्न नचाहेको आरोप उनको थियो ।
‘सरकारले संविधान संशोधनको विषयमा प्रतिपक्षसंग कुनै छलफल गरेको छैन के संशोधन गर्ने भन्ने विषयमा सरकार नै अनविज्ञ छ ।’ उनले थपे । ‘ सरकारले आफनो आयु लम्वयाउनका लागि मात्र मधेशी दलहरुलाई माग पुरा गर्छु भनेर अलमल्याई रहेको छ ।’ उनले मधेशीका सवै माग सरकारले पुरागर्न सक्ने अवस्था नरहेकोले उनीहरुका माग पुरा गर्छु भन्नु संविधान कार्यन्वयन गर्दिन भन्नु समान हुने जिकिर गरे । प्रेस चौतारी नेपाल सल्यान शाखाका सचिव मिना वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारीका अञ्चल सचिव पुरुषोत्तम गिरीले गरेका थिए ।
