काठमाडौं, ३ कार्तिक । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।
एसियाली विकास बैङ्क ९एडिबी०को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उनले बताए।
पछिल्लो प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट कार्डलाई देशभर फैलाउन सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठको भनाइ छ। एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब २३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।