काठमाडौं, ३ कार्तिक । भारतले नेपाल भारत सीमामा अतिक्रमण गर्दै आएको कुरा नौलो होइन । कालापानीदेखि सुस्तासम्मका विभिन्न सिमा क्षेत्रमा विभिन्न समयमा विभिन्न वहानामा नेपाली भूमि अतिक्रण गर्दै आएको छ । यसैक्रममा अब भारतले दबैदेशको साझा भूमिका रुपमा रहेको दसगजामा समेत विशाल र सुविधा सम्पन्न गुम्वा बनाउ थालेको छ ।
गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ ।