रेखा मगर
दाङ, ३ कार्तिक । साहित्यकार तथा गीतकार प्रेमप्रकाश मायाँलुको निवन्धसंग्रह र गीति संग्रहको दाङको घोराहीमा लोकार्पण गरिएको छ । घोराहीस्थित राप्ती साहित्य परिषदको हलमा हिजो एक कार्यक्रमको आयोजना गरी मायाँलुको निवन्ध संग्रह प्रातिको समय (भविष्यत काल) र माँयालु नामक गीतिसंग्रहको विमोचन गरिएको हो ।
निवन्धसंग्रह प्रातिका समयको साहित्यकार तथा नागी साहित्य परिषद रोल्पाका अध्यक्ष डिएम निशार र गीति संग्रको वरिष्ठ साहित्यकार टिकाराम उदासीले समिक्षा गरेका थिए । निवन्धसंग्रहको समिक्षा गर्दै साहित्यकार डिएम निशारले युवा मगर खाम भाषामा लेखिएको उक्त निवन्ध संग्रहले मगर भाषा र साहित्यमा महत्वपुर्ण खेल्ने वताए।
यस्तै अर्का समिक्षक साहित्यकार उदासीले मायाँलु एल्वमा समावेश भएका गीतहरु पे्रमप्रति समर्पित र गहन अध्ययनपछि लेखिएको चर्चा गरे । सो अवसरमा लेखक एवं प्रकाशक पे्रमप्रकाश मायाँलुले आफुले आगामी दिनमा पनि समाजका वास्तविक चरित्रवारे लेख रचनाहरु प्रकाशन गर्ने वताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यmत्त गर्दै साहित्यकारहरुले नेपालका विविध संरक्षणमा साहित्यकारहरुको महत्वपुर्ण भुमिका हुने भन्दै प्रातिका समय नामको निवन्धसंग्रहले मगर खाम भाषा संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने वताएका थिए । कार्यक्रमको सहजीकरण साहित्यकार दीपक शर्मा समीरले गरेका थिए ।