चितवन, ३ कार्तिक । मुग्लिन(नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यू भएको छ । १० जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । उनको पूरै नाम र ठेगाना भने नखुलेको कुँबरले बताए ।
उनको थप उपचारका लागि काठमाण्डौं पठाइएको एसपी कुँबरले जनाए । अन्यको अबस्था सामान्य छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भएको छ । चालक अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । बसमा ११ जना मात्र सवार रहेको एसपी कुँबरले जानकारी दिए ।