काठमाडौं, २ कार्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पक्षको सहमतिमा संविधानमा रहेका केही कमजोरी र त्रुटीहरुलाई संशोधन मार्फत संवोधन गर्नुपर्ने बताएका छन् ।
तराईमधेशको समस्याको समूचित समाधान कसरी हुन सक्छ भन्ने सन्दर्भमा विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका विज्ञहरुसँग आज राजधानीमा अन्तक्र्रिया गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘मुलुकले अहिले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सहमति हुन बाँकी रहेका विषयहरुलाई टुङ्गोमा पु¥याउनका लागि तराई मधेशको मागका बारेमा सबै पक्ष लचिलो हुनुपर्छ ।’ उनले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशीक र संघीय निर्वाचन हुनुपर्ने बताए ।