काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्।
उनले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम समुदायले उठाएका माग तत्काल सम्बोधनका लागि प्रक्रिया अगाडि बढाउन समेत माग गरे। यस्तै संसद बैठकमा बोल्दै कांग्रेसकै सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताए।
उनले एक व्यक्तिका अगाडि मुलुक नतमस्तक बन्न नहुने बताए। उनले भने,‘एउटा व्यक्तिले मुलुकको कानुन मान्दिन भनेर बस्न सक्छ। तर राज्य नै नतमस्तक भएर बस्नु हुँदैन। यसलाई गम्भीररुपले लिनुपर्दछ।’