काठमाडौं, २ कार्तिक । धेरै पटकको प्रयास पछि अख्यितार प्रमुख लोकमानसिंह कार्कीको नाममा आज म्याद तामेल भएको छ ।
सर्वोच्चका प्रवत्ता नहकुल सुवेदीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति विवाद पुनरावलोकन हुने भन्दै अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल भएको जनाकारी दिए ।
अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै आदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोक गर्ने सर्वोच्चको निर्णय पछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँसिएको हो ।
पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की आफ्नो पूर्वनिर्धारित क्यानडा गएका थिए । सरकारी भ्रमण सकिएपछि उनी विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बसिरहेका छन् ।