Indrenionline.com

गजल–प्रेम

सर्वदा अधिकारी


कहिलेकाहिँ गल्ती गर्छु, मैले जानाजानि
तर कहिल्यै गरेनौ, तिम्ले आनाकानि ।।

तिम्रो दिलको मझेरिमा,यसैगरी सज्नपाउँ
पल्टाउदै बिगतका ति, हाम्रा पानापानी ।।

मुटुको यो धड्कन भरि,तिम्रै तस्बिर सजाको छु
यी तस्बिरमा कहिल्यै पनि, नहोस् आगाजनी

भाबानाका कुरा गर्दै,आबेगमा आँशु झर्दा
कहिल्यै पनि नच्रकाउनु, दिलको कुनाकानी ।।

आरोह र अबरोह आउन, सक्छ्न् गोरेटोमा
त्यस्तो हुँदा तिमीले, नछुट्याउनु मानामानी ।।