इन्द्रेणी संवाददाता
घोराही, २ कार्तिक । एक बर्षअघि कतारमा दुर्घटनामा घाइते भएका रुकुम चौखावाङ गलम्पाटीका ललित बुढा मगरको परिवारलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रतिशील मञ्च कतारले एक लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ।
सोही गाउँ घर भएका पत्रकार नरेन्द्र केसीको पहलमा नेपाली जनप्रतिशील मञ्च कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरेको थियो । ललित बिदेश जाँदा कारेको ऋण तिर्न नसकेको र ललितकी श्रमतीसमेत अन्यत्र विवाह गरेर गएपछि अलपत्र परेका बुवाआमालाई प्रवासीको सहयोगले धेरै राहत पुगेको पत्रकार केसीले बताए ।
उता आफूहरुले यो घटना ढिलो गरी थाहा पाए पनि थाहा पाएलगत्तै केही सहयोग होस् भनेर सहयोग संकलन गरेको र विरामीको नियमित हेरचाह पनि गरिरहेको जनप्रतिशील मञ्च कतारका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।