काठमाडौं, १ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सन पेरिस २०१६ मा नेपालले अवार्ड हात पारेको छ । नेपाल पहिलो पटक छानिएको हो ।
माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट भएको छ । पेरिसको होटेल हायातमा सम्पन्न कार्यक्रममा रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड थपेका हुन् ।