Indrenionline.com

नेपाल मगर भु.पु. सैनिक तथा प्रहरी गठन

शान्त कुमार वुढा
दाङ, २९ बैशाख
नेपाल मगर संघको मातृ संगठनको रुपमा रहेको नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ जिल्ला समिति गठन गरिएको छ । जिल्लामा रहेका भु्पु सैनिक र प्रहरीको सहभागितामा गरिएको भेलाले टेक बहादुर घर्ती मगरको अध्यक्षतामा ११सदस्यीय जिल्ला समिति चयन गरेको हो ।magar

समितिको उपाध्यक्षमा मोतिराम बराल मगर, सचिवमा धन बहादुर पुन मगर, सहसचिवमा खगेन्द्र पुन मगर र कोषाध्यक्षमा वल बहादुर घर्ती मगर रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा मन्द्रु घर्ती मगर, पुर्ण सिंह बुढा मगर, हरिलाल घर्तीमगर, टिकाराम घर्ती मगर, खुसलराम घर्ती मगर र प्रेम बहादुर घर्ती मगर रहनु भएको छ ।

मगर संघ दाङका अध्यक्ष सितलाल पुनको अध्यक्षता र नेपाल मगर भु.पु सैनिक तथा प्रहरी संघका केन्द्रिय सचिव वल बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भेला भएको हो । कार्यक्रमको संचालन मगर संघ दाङका सदस्य मुक्त वुढा मगरले गर्नुभएको थियो ।।