रोल्पा, १ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउने बताएका छन्
साथै भूकम्पपीडितको समस्या समाधान र सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई निश्कर्षमा पुर्याइने बताउदै अघिल्लो सरकारले ल्याएको बजेट आफ्नो पार्टी समेत संलग्न भई ल्याएको हुँदा वर्तमान सरकारले दृढताका साथ कार्यान्वयन गर्ने बताए ।