असोज ३०, गोवा । नेपाली र भारतीय प्रतिनिधि मण्डलबीचको भेटबार्ता आइतबार राति गोवाको होटल लिलामा सम्पन्न भएको छ ।
भेटका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका मुद्धामा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी लगायत हुनुहुन्थ्यो भने भारतका तर्फबाट प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रञ्जित राय लगायत विदेश मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।