Indrenionline.com

प्रस्तावित न्याय परिषद सदस्य बैदिकविरुद्ध उजुरी आह्वान

 काठमाडौं ३० असोज । न्याय परिषदको सदस्यमा प्रस्तावित अधिवक्ता पदमप्रसाद बैदिकको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

असोज २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधानको धारा २९२ बमोजिम अधिवक्ता बैदिकलाई परिषद सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सो सिफारिस माथिको सुनुवाई आइतबारदेखि सुरु भएको हो ।

आइतबार बसेको समितिको बैठकले बैदिकको सुनुवाई प्रक्रिया सुरु भएको जनाउँदै उजुरीका लागि १० दिनको समय दिएको छ ।

सो अवधिमा अधिवक्ता बैदिकमाथि परेका उजुरीहरुमाथि सुनुवाई गर्दै पास गरेपछि न्यायपरिषद सदस्य पदमा नियुक्तिका लागि बाटो खुल्ने छ । अनलाइन खबर बाट