काठमाडौ, ३० असोज । रसुवाको गोल्जुङ -२ थाम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको त्रिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन अन्यौलमा परेको छ । प्रसारण लाइनको सवस्टेशन निर्माण जग्गाको मुआब्जा विवादले अन्यौलमा परेको हो । सवस्टेशन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दावी गरेका छन् ।
चिलिमे विद्युत् कम्पनीमार्फत निर्माणाधीन रहेको चार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नुवाकोटको पैरेवेशी ल्याएर माथिल्लो त्रिशूली विद्युत् प्रसारण लाइनको हबमा जोडेर केन्द्रीय प्रसारण लाइनमा पठाउने योजना बनाइएकामा त्यो पनि अपुरो हुने देखिएको छ ।
रसुवामा चिलिमे विद्युत् कम्पनीमार्फत १११ मेगावाट क्षमताको रसुवागढी, ४२ दशमवल ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।