गोवा भारत ३० असोज । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटबार्ता भएको छ ।
जवाफमा भुटानका प्रधानमन्त्री तोब्गेले अधिकांश शरणार्थीहरु फिर्ता भइसकेको जानकारी दिँदै बाँकी शरणार्थी समस्या समाधानबारे भुटान सरकार सम्वेदनशील भएको बताउनु भएको छ ।
भेटमा दुवै देशका प्रधानमन्त्रीबीच छिटै सार्क शिखर सम्मेलन आब्हानका लागि दुवै देश मिलेर सकारात्मक वातावरण बनाउनेबारे पनि छलफल भएको थियो । दुई प्रधानमन्त्री बीचको भेटमा नेपाल, भुटान, बंगलादेश र भारतबीचको उपक्षेत्रीय सम्बन्ध सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो ।