काठमाडौँ, २८ असोज । नेपाली हास्य जगतका दमन रुपाखेतीको एक छुट्टै नाम र पहिचान छ, उनै कुशल अभिनेता तथा चर्चित हास्य कलाकार दमन रुपाखेतीले नेपाली दर्शक श्रोताहरुको लागि नयाँ स्वाद अनि बेग्लै प्रस्तुतिका साथमा नेपाली हास्य क्षेत्रमा नया आयाम थप्दै एक भिन्न खालको टेलिचलचित्र निर्माण गरेर अहिले सुरुका दिनहरुमा युट्युब मार्फत नेपालि दर्शक श्रोता माझमा लिएर आएका छन ।
कथा,पटकथा,सम्बाद र निर्देशन चर्चित हास्य कलाकार दमन रुपाखेतीको रहेको यस टेलिचलचित्रमा कलाकारहरुमा दमन रुपाखेती, राजु भुजु, बिमला गिरि, आरके मानन्धर,प्रदिप सिलवाल धरणीधर न्यौपाने, राजन चौलागाई, यादब थापा लगायतका अन्य कलाकार हरुको बेजोड अभिनय रहेको छ ।