Indrenionline.com

पटाकासहित एक भारतीय महिला पक्राउ

patakaकाठमाडौं,२९ असोज   । काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा ठूलो परिमाणमा पटकासहित एक महिला पक्राउ परेकी छिन् । बिहान गौरबाट काठमाडौंको लागि छुटेको ना ५ ख ४९६२ नम्बरको बसमा चेकजाँचको क्रममा कोब्रा ब्राण्डको ६६ सय थान पटकासहित भारत मोतीहारी घर भइ काठमाडौंको स्यम्भूमा बस्ने ४५ वर्षकी निलम चौधरीलाई पक्राउ गरेको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीलाई कारवाहीका लागि प्रहरी वृत्त थानकोटमा पठाइएको छ । बरामत गरिएको पटका नष्ट गर्ने प्रहरीको तयारी छ ।तिहार नजिकिन लागेपछि पटकासँगै विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यका भित्रने मुख्य नाकामा कडा चेकजाँच सुरु गरेको छ ।