काठमाडौ , २९ असोज । राजधानी बाहिर दशैं मनाएर काठमाडौँ र्फकनेहरुको संख्यामा शुक्रबारदेखि हृवात्तै बृद्धि भएको छ । शुक्रबार बिहानमात्रै ६२ हजारभन्दा बढी मानिसहरु काठमाडौं भित्रिएका छन् ।
त्यसो त दशैं सकिन लाग्दा राजधानीबाट बाहिरिनेहरुको संख्या पनि उल्लेख्य नै देखिएको छ । शुक्रबार मात्रै करिब ४२ हजार यात्रुहरु राजधानीबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ ।