काठमाडौं, २८ असोज। ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो । प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको जानकारी दिनुभएको थियो ।