दाङ, असोज २८ । नेकपा एमाले दाङले भोलि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विजया दशमी, दीपावली, छट र नेपाल सम्वतको अवसरमा भोलि बिहान ११ वजे जिल्ला पार्टी कार्यालय भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको जिल्ला अध्यक्ष टीकाराम खड्काले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव हिराचन्द्र केसीले आज एक प्रेस विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि जिल्लाका पार्टीका नेता, कार्यकर्ता, राजनीतिक दल, उद्योगी, व्यवसायी, पत्रकार, बुद्धिजीवी, पार्टीका पार्टी संगठन सबैलाई अनुरोध गर्नुभएको छ ।