महेश केसी
रुकुम २७ असोज । नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झुला ६, रुकुमका डिभाईड भनिने २२ बर्षिय खिमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटेल संचालन गर्दै आएका गोतामकोट ९ का ३४ वर्षिय जुन वहादुर वोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बोहोराले नक्कली नोट छाप्ने काममा संलग्न भएको स्विकार गरेको भएपनि देवकोटामाथी चाही अनुन्धान भैरहेको डिएसपी जिसीले बताए । त्यस्तै बोहोराले ३ लाख ८५ हजार नक्कली नोट जलाएको समेत स्विकार गरेको उहाँको भनाई छ । घटनामा अन्य व्यक्तिपनि संलग्न हुनसक्ने प्रहरीले जनाएको छ । रुकुममा यसअघि पनि नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।