दिपक बोहरा , घोराही २७ असोज । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक भुबन पौडेलको सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयको यहि असोज २१ गतेको निर्णय अनुसार बरिष्ठ जनस्वास्थ्य प्रशासक पौडेलको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा सरुवा भएको हो ।
यस्तै जिल्ला जनस्वास्य कार्यालय दाङमा जनस्वास्थ्य प्रशासकका रुपमा स्वास्थ्य सेवा बिभाग टेकुमा कार्यरत घनश्याम पाख्रेल आउन लाग्नुभएको छ ।