
उपाध्यक्ष ज्ञवालीले चुनाव भएपछि सबै दलको सहकार्यमा संविधान संशोधन गर्न सक्ने बताउँदै सबै दलले देश र जनताको हितमा राजनीतिलाई केन्द्रित गर्नुपर्छ भन्नुभयो ।
नेपाली काँगे्रसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताका विरुद्ध सम्झौता गरेर संविधान संशोधनका लागि काँग्रेस तयार नहुने बताउँदै मधेस केन्द्रित दललगायत संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनका लागि ठूला दलको शीर्ष नेतृत्वका बीचमा अनौपचारिक छलफल भइरहेको जानकारी दिँदै संशोधनका लागि छिटो प्रस्ताव ल्याइने बताउनुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले कुनै पनि दलसँग दुई तिहाइ बहुमत नरहेको अवस्थामा दलहरुबीचको सहमति र सहकार्यबाट मात्र संविधान संशोधन हुन सक्ने प्रष्ट पार्दै संशोधन प्रक्रिया अगाडि बढाउँदा मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनुपर्ने माग गर्नुभयो ।
संयुक्त मधेसी मोर्चाका नेता रामनरेश रायले मुलुकमा विद्यमान समस्या समाधानका लागि ठूला दल जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान संशोधनको प्रक्रिया बढाउन माग गर्नुभयो ।