
महिलाप्रतिको अश्लिल विचारले उनी अमेरिकाका लागि मात्रै नभएर समग्र विश्वका लागि खतराको रहेको रुपमा देखिएको उच्चआयुक्त हुसैनले बताउनुभयो । जेनेभामा भएको पत्रकार सम्मेलनमा हुसैनले यदी ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा त्यो अन्तर्राष्ट्रिय दृष्टिकोणमै निकै खराब हुने बताउनुभएको बिबिसीले जनाएको छ । आफूले कुनै पनि राजनीतिक प्रभाव वा विरोधका लागि नभइ वास्तविकता बोलेको उहाँले बताउनुभयो ।
ट्रम्पले लगातार विभिन्न किसिमका विवादस्पद कुरा भन्ने गरेको र यसले मानव अधिकारलाई चुनौती थपेको उहाँको भनाई छ । गएको शुक्रबार महिलामाथि गरेको अश्लिल टिप्पणीको भिडियो सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ ।