काठमाडौं, २७ असोज । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि आक्रमण गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यमन तर्फबाट आक्रमण भएको जनाएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो ।
अमेरिकी रक्षा विभागले मिसाइल यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट प्रहार गरिएको उल्लेख गरेको बीबीसीले जनाएकाे छ । अनलाइनखबर बाट