काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन्। निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका हुन्।
सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाएका थिए। त्यसक्रममा उनीहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्। राससलाइ उद्दृत गर्दै नागरिक न्युजमा खबर छ ।