कञ्चनपुर, २३ असोज । कञ्चनपुरमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा नियन्त्रण समिति कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।
मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उनले बताए । रोक लगाइएका बेला मदिरा बिक्री वितरण र सेवन गरेको पाइए हदैसम्मको कारबाही हुने बताइएको छ ।