
सल्यान २४ असोज । भिरबाट लडेर सल्यानमा एक जनाको मृतयु भएको छ । सल्यान देवस्थल ९ का ५२ वर्षिय जयवहादुर वुढाको सोमबार भीरवाट लडेर मृतयु भएको छ ।
वाख्राका लागि घाँस काट्न गएका बुढाको भिरबाट लडेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
उहाँ घांस काट्न भनी घर नजिकैको जंगलमा जानुभएको थियो ।