काठमाडौं, २४ असोज । हिन्दुहरुको महान चाड बडादशैंका अवसरमा महाअष्टमीका दिन राष्ट्र प्रमुखले विभिन्न शक्तिपीठहरुको भ्रमण गर्ने परम्परा छ । तर, राष्ट्रप्रमुखको भूमिकामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार शक्तिपीठहरुको भ्रमण गर्ने समय यसरी तय गरे, उही समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको समय तय भएको थियो ।
शीक्तपीठ भ्रमणको समय एक घण्टा अघिपछि पारिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी छोरीहरुलाई लिएर बेलुका ४ बजेदेखि शक्तिपीठहरुको भ्रमणमा निस्किइन् । पूर्वराजा ज्ञानेन्द्र पनि जवाफी पारामा नाति हृदयेन्द्र शाहलाई लिएर शक्तिपीठहरुको दर्शन गर्न निस्किए ।
राष्ट्रपति भण्डारीले छोरीसहित राजधानीका विभिन्न शक्तिपीठहरुमा पुगी पूजाआजा गरिन् । वडादशैंको आठौं दिन आइतबार महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गरिन् ।
अनलाइन खबरबाट