
हुथी बिद्रोहीले चलाएको सरकारले साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको बताएको छ । यमनमा दुई समानान्तर सरकार छन् । हुथी बिद्रोही नेतृत्वका सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन भने अर्को अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार छ ।
हुथी बिद्रोही नेतृत्वको सरकारका गृह मन्त्रीका बुवाको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसको समूहमा आक्रमण भएको हो ।
साउदी नेतृत्वको गठबन्धन सेनाले भने आफूले आक्रमण नगरेको बताएको छ । यमनमा सन् २०१४ देखि सुरु भएको संघर्षको क्रममा अहिलेसम्म हजारौं नागरिकको ज्यान गइसकेको छ । घटनाको विषयमा तत्काल छानबिन गर्न राष्ट्रसंघले आग्रह गरेको छ ।