रेणु डि.सी
हिन्दु नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि दाङका २ कारागारबाट ४ जना कैदिको कैद मिनाहा भएको छ । कारागारमा रहदा राम्रो आचरण देखाएको भन्दै घोराही कारागारबाट ३ र तुलसीपुर कारागारबाट १ गरि ४ जनाको कैदिको कैद मिनाहा भएको हो ।

यस्तै तुलसीपुर काराकारबाट कर्तब्य ज्यान मुद्धामा १० बर्ष कैद सजाए तोकिएका हलवार ८ का धनबहादुर भन्ने घनश्याम घर्ती रहेको तुलसिपुर कारागारका जेलर देबेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । सरकारले प्रत्येक बर्ष विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कारागारमा रहदा राम्रो चालचलन देखाउने कैदिबन्दिहरुलाई रिहा गर्दै आएको छ ।।