
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचिन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दशैंमा पूर्णिमासम्म दुर्गा भवानीको पूजा गरिन्छ ।
उपत्यकाका गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेबी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा भक्तजनको भिड लागेको छ ।