
सम्मेलनमा एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल भइ बैंकक घोषणापत्रलगायत जारी गरिनेछ । मन्त्री डा. महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराईलगायत सम्मेलनमा सहभागी हुनेछन् ।
एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो । नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो । मन्त्री डा. महत यही असोज २५ गते स्वदेश फर्कनेछन् ।