काठमाडौँ– बालाजुको वाइपास नजिकै बमजस्तै संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
दशैँको मुखमा राजधानीमै रहेको नेपाली सेनाको व्यारेक नजिकै यस्तो संकास्पद वस्तु भेटिएपछि स्थानियवासी त्रसीत भएका छन् ।