Indrenionline.com

शिक्षकले लगाएको ताला शिक्षकले नै खोले

शान्त कुमार बुढा मगर
बैशाख २७, घोराही
डेढ वर्ष देखीको आफ्नो तलब नपाएको भन्दै गौरिशंकर निमावि भैसाही नाकामा लगाइएको ताला आज देखि शिक्षकहरुले खोलेका छन् । विद्यालय प्रशासनले विद्यार्थीको भविस्य अन्योलमा परेको भन्दै आधा तलव उपलब्ध गराएपछी आन्दोलनका संयोजक शसिराम बिकको टोलीले विद्यालयमा लगाइएको ताला खोलेका हुन । santa

ताला खोल्नु आघी आन्दोलनरत शिक्षक र विद्यालय प्रशासन विच वाकी तलब छिटोभन्दा छिटो उपलब्ध गराउने र आगामी दिन हरुमा यस्तो ढिला सुस्ती नगर्ने सहमती भएको छ ।

सिमगजेरी सामुदायिक वन उपभोक्ता समुहको कागजी प्रकिया अझै पुरा नभएकोले पुरै तलब दिन नसकेको विद्यलाय वयवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहीले बताउनुभयो ।

अहिले आधा मात्रै रकम पनि टोनिसा प्रोसेसिङका प्रोप्राइटर श्री प्रभात शाहले ब्यक्तीगत रूपमा रकम उपलब्ध गराउनु भएको उहाँले जानकारी दिनुभयो । बाकी तलब कहिले सम्म उपलब्ध गराउने भन्ने ठोस निर्णय नभए पनि विद्यार्थीको पढाईलाई ध्यानमा राखी ताला खोलेको शिक्षक शशिराम विकले वताउनुभयो ।

विद्यालय खुले पछि विद्यार्थी भर्ना लगाएत काम सुरु भएको छ । बैशाख देखि विद्यालयमा ताला लागे पछि विद्यार्थी भर्ना लगाएतका काम थप्प भएको थियो ।।