पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशहरुको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीशहरुले सातै प्रदेशमा उच्च अदालत र १० स्थानमा बेञ्च गठनको निर्णय भइसकेको सन्दर्भमा आफूहरुलाई संवैधानिक व्यवस्थाअनुसार नै पूनर्नियुक्तिको व्यवस्था गरी दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको थियो ।