घोराही, २० असोज । निजि पुस्तक पसल र साझाको शाखा बाट लाखौँ रकमका पुस्तकहरु विक्री भएका छन् । गत चार गते देखि पुस्तक प्रदर्शनि गरेको साझाले बुधवार सम्म करीब दुईलाख रुपैयाको कारोबार गरेको जनाएको छ ।
साझाका सोरुम प्रमुख सतिस आचार्यका अनुसार मुना मदन पछि खोजीको पुस्तक बेदमा के छ देखिएको छ । त्यस वाहेक नेपाली शब्दकोष, वाल साहित्य, राजनिति कुशमाकर लगाएतका पुस्तक पाठकको सर्बाधिक रोजाईमा परेका छन् । अब का दुईदिन पछि सकिने प्रदर्शनिमा ढाईलाख बराबरको कारोवार पुग्ने आश राखेको शाखा प्रमुख मजगैयाले जानकारी दिनुभयो ।
यसैगरी निजि पुस्तक पसलमा पनि ग्राहकको भिडभाड देखिएको छ । नयाँ प्रकाशन नगर्ने र अन्तको पुस्तक पठाउने नसक्ने गरी साझा कुजिएपछि व्यवसायीले मौलाउने अबसर पाएका हुन् । हरेक बर्षका मदन पुरस्कार प्राप्त कृति खोज्न जनता बुक स्टलमा पुग्नुपर्छ । त्यस बाहेक चर्तित र पच्छिल्ला प्रकाशन साझाले दिन सक्दैन । ऐना, मनसुन, दर्शन दिगदर्शम, चिरहरण लगाएतका पुस्तक राम्रो विक्री भएको सञ्चालक राम भक्त गुप्ताले जानकारी दिनुभयो ।
यति रकमको विक्री भयो नभने पनि यस पटकको पुस्तक बिक्र दर बाट सन्तुष्ट रहेको बताउनुभयो । सबै किसिमका पाठकलाई रुचि मिल्ने, सबै विधाका पुस्तक राखेपपछि सजिलो भएको गुप्ताको भनाई छ । ‘पुस्तकको लागि काठमाण्डौ बनाउन खोजेको हु’ खितित् हासदै गुप्ताले भन्नुभयो, ‘काठमाण्डौमा सार्वजनिक भएको भोलिपल्ट घोराही बाट दिन सक्छु । के फरक भयो त ?’ उहाका अनुसार आत्मबृत्तँन्त, धर्म, भुगोल, ईतिहास, अर्थ, राजनिति, साहित्य, अनुवाद कृति मात्रै राखिएको छैन । पच्छिल्लो मागलाई सम्वोधन गर्न अंग्रेजि साहित्य पनि ल्याएको छ । अंग्रेजी, हिन्दी लगाएत विभिन्न भाषाका पुस्तक तथा पत्रपत्रिका राखिएको छ ।