जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको छ । हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहिबार बिहान ६ बजे हंदवाडाको सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको जनाइएको छ ।
उडीमा सेनाको क्याम्पमा १८ सेप्टेम्बरमा भएको आतंकवादी हमला पछि भारत प्रशासित काश्मिरमा सैनिक क्यापमा भएको यो दोस्रो हमला हो । उरी हमलापछि भारत पाकिस्तान सम्बन्धमा तनाब जारी छ ।
अनलाइनखबर बाट