
चाडपर्बको मौकामा उपभोक्ताहरु ठगिन सक्ने तथा अखाद्य वस्तुहरु बिक्रिबितरण हुनसक्ने भन्दै त्यसलाई रोक्न बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टन्डनले बताउनुभयो । टोलिले पसलहरुमा साईनबोर्ड राखेनराखेको ,पसल दर्ता गरेनगरेको,म्याद नाघेका सामान भए नभएको चेक जाँच गरेको थियो ।
टोलिले अनुगमनका क्रममा बिस्कुट ,चक्लेट लगायतका म्याद सकिएका खाद्य सामान र कोक फ्यान्टा लगायतका पेय पदार्थहरु नियन्त्रणमा समेत लिएको थियो । टोलिले धेरै ठाउँहरुमा पसल दर्ता नभएको, साईनबोर्ड नराखेकोे पाईएकोले त्यस्ता ब्यवसायीहरुलाई १५ दिन भित्र प्रक्रिया पुरा गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी टनडनले बताउनुभयो ।