अन्तत नेपाल–भारत प्रबद्ध समूह (इपिजी)मा सन १९५०को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ । नयाँदिल्लीमा मंलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकोमा भारतीय पक्ष सकरात्मक भएको हो । उक्त सन्धिका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने समझदारी दुई देशबीच भएको छ ।