समाज कल्याण केन्द्र नेपालले दाङमा असाहय र गरिव बालबालिकाहरुको शिक्षाका लागि खुत्रुके अभियान सुरु गरेको छ । विभिन्न गाउँहरुमा खुत्रुके बितरण गर्ने र एक एक रुपैयाँ गरि संकलन भएको रकमले गरिव तथा असाहय बालबालिकाको शिक्षामा खर्च गर्ने केन्द्रले जनाएको छ ।
महदेवामा ७ जनालाई खुत्रुके बाँढेर एक रुपैयाँबाट शिक्षाका लागि रकम संकलन गर्ने अभियानको सुरुवात गरिएको केन्द्रका सदस्य शारदा घर्तीले जानकारी दिनुभएको छ । महदेवाका शोभा पौडेल, करुणा पौडेल, साबित्रा पोख्रेल, निर्मला आचार्य, दामोदर पोख्रेल, सुरज चौधरी र ललिता केसीलाई खुत्रुके समेत प्रदान गरिएको छ ।