तुलसीपुर । केही दिन देखी पेट्रोल अभाव देखिएको दाङमा आज देखी भने सहज भएको छ । आज दाङका लागि ९२ हजार लिटर पेट्रोल भित्रिएको नेपाल आयल निगम ईन्धन डिपो तुलसीपुरले जानकारी दिएको छ । उक्त पेट्रोल दाङका सबै पम्पमा बितरण गरिएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठले जानकारी दिनुभयो ।