Indrenionline.com

मलेसियामा साझा मंच गठन, सुब्बालाई सहयोग

महेश श्रेष्ठ
साउदी अरबरमलेशियामा रहेका नेपाली साझा मंचका अभियंताहरुले “देशका लागि केही त गरौं !” मंचको अभियानलाई सहयोग गर्न मलेशिया शाखा गठन गरेका छन् । नवगठित मलेशिया मंचले त्यहाँस्थित एक विमारी नेपालीलाई सहयोग गरेर समाजसेवाकोे कार्य समेत प्रारम्भ गरेको छ ।

मलेशियास्थित मंचको अन्तर्राष्ट्रिय अभियंता लक्ष्मण थापाका अनुसार पर्वतका प्रताप सुवेदी, मोरंगका दलबहादुर लिम्बू, शेरचन राजवंशी, विजय साह, रामबहादुर तामाङ, कंचनपुरका ईन्द्र बिष्ट, सुनिल शाही, नुवाकोटका अमिर दोङग, सर्लाहीका सुमन कुश्वरा, भोजपुरका रामप्रसाद राई, तेह्रथुमका नरप्रसाद लिम्बू, सिन्धुपाल्चोक सोनाम तामाङग, सुनसरीका मनोज राई, संतोष कार्की, कृष्णकुमार विष्ट, नवलपरासी मिलन बिश्वकर्मा र उनी सहित १७ जना रहेका छन् ।

सो नवगठित मंचका अभियंताहरुले सिन्धुली हर्साई गाविस ३ का माझी सुब्बालाई तत्काल उपचारका लागि चार सय एक रिंगेट प्रदान गरेर मंचका तर्फबाट समाजसेवाको कार्य पनि प्रारम्भ गरे । मेनरा मुतियारा वन्सार जमलन लिकु एम।जे।सि। कन्स्ट्रक्सन कम्पनिमा कार्यरत सुब्बा एक महिना अघिदेखि विमारी भएर क्वालालम्पुरको युनिभर्सिटी हस्पिटल ९पिजे० मा उपचारका लागि भर्ना गरिएका छन् ।

उनको उपचारमा कम्पनीले वेवास्ता गरेपछि सुब्बाको उपचारमा कठिनाई भएको छ । उनका लागि उपचार खर्च जुटाउन अभियन्ता सुमन कुश्वारा, राम राई र नरप्रसाद लिम्बू लागि परेका छन् । उनीहरुकै पहलमा सुब्बालाई विहिबार अस्पताल भर्ना गरिएको र उपचार प्रारम्भ गरिएको छ ।