असोज १९, काठमाडौं । नेपालका लागि चीनियाँ राजदूत हु–चुन ताइले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।
ताइले आफ्नो कार्यकालमा नेपाली जनताको न्यानो माया पाएको बताउँदै आफू चीन फर्केपछि नेपालको जलविद्युत्, रेलमार्ग लगायतका भौतिक विकासका लागि चीन सरकारसँग कुरा गर्ने बताउनुभयो । ताइले नेपाल राजनीतिक रुपमा सही दिशामा अगाडि बढेको बताउँदै संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि नेपाललाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राजदूत ताइले खेलेको सकारात्मक, कुटनीतिक र सौहार्द सम्बन्धका लागि धन्यवाद दिँदै ताइको कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाईमा पुगेको बताउनु भयो ।