उपप्रधानमन्त्री महराले यही असोज २० देखि २३ गतेसम्म हुने विश्व बैंकको साधारणसभा भाग लिने र उहाँले नेपालका तर्फबाट आगामी असोज २० गते साधारणसभालाई सम्बोधन गर्ने अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव हिमाल शर्माले जानकारी दिनुभयो ।
त्यहाँ रहँदा अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि थप अन्तर्राष्ट्रिय आर्थिक सहयोग जुटाउने, द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्नुहुने उहाँले बताउनुभयो ।
अर्थमन्त्री महराका साथमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल, अर्थसचिव शान्तराज सुवेदी र प्रमुख स्वकीय सचिव शर्मा सहभागी हुनुहुन्छ ।
