
यसअघि बैठकले परित गरेको खुल्ला विश्वविद्यालय विधेयक कार्यान्वयनको चरणमा छ । सातवटै प्रदेशमा एक÷एकवटा विश्वविद्यालय स्थापना गर्ने नीतिअनुसार नै सरकारले राजर्षिजनक विश्वविद्यालय स्थपना सम्बन्धी विधेयक अगाडि बढाउन लागिएको शिक्षा मन्त्री पौडेलले सदनलाई जानकारी दिनुभयो ।
सो विधेयकमाथि सांसदहरु गणेशमान गुरुङ, प्रेम सुवालले लामो समयदेखि चर्चामा रहेको भक्तपुरको ख्वप विश्वविद्यालय स्थापनामा तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।
सांसदहरु आनन्द ढुङ्गाना, शिवचन्द्र चौधरी, निशाकुमारी साह, बादशाह कुर्मी, भरतबहादुर शाह, गङ्गा चौधरी सत्गौवा, कमला पन्त, कान्ता भट्टराई, महेन्द्र यादव, योगेन्द्र तामाङ घिसिङ, गीता क्षेत्रीले सो विश्वविद्यालयले बजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्ने र समसामयिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको थियो ।